सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई युवा महोत्सवको घोषणा पत्र हस्तान्तरण

दार्चुला । समुन्नत सुदुरपश्चिम प्रदेशका लागि साझा अठोट भन्ने नारासहित भएको सुदूरपश्चिम प्रदेश स्तरीय नीति संवाद तथा युवा महोत्सवको २१ बुँदे घोषणा पत्र मुख्यमन्त्री कमलबहादुर शाहलाई हस्तान्तरण गरिएको छ ।

१४ र १५ जेठमा भएको कार्यक्रमबाट तयार पारिएको घोषणा पत्र शुक्रबार युवालयका अध्यक्ष सन्तोष महर्जन, गैह्र सरकारी संस्था महासंघ नेपालका केन्द्रीय सदस्य किरण थापा तथा बालिका दुलही हैनन्का अध्यक्ष निरीजना भट्टले संयुक्त रुपमा हस्तान्तरण गर्नुभयो ।

महोत्सवमा युवा उद्यमशिलता, सुरक्षित वैदेशिक रोजगारी, सीप तथा अवसर, गलत वा मिथ्या सूचना, दुष्प्रचार तथा घृणास्पद अभिव्यक्ति सार्वजनिक शिक्षामा लगानी बृद्धिको आवश्यकता, यौन तथा प्रजनन् स्वास्थ्य लगायतबारे अभिमुखिकरण गरिएको थियो । कार्यक्रममा युवाको क्षमता अभिवृद्धि र राष्ट्र निर्माणको मुल प्रवाहिकरणमा उनीहरुलाई समाहित गर्नुपर्ने मागसहित सुदूरपश्चिम प्रदेशका ९ वटा नै जिल्लाबाट उपस्थित १३० युवाहरुको सक्रियतामा तयार भएको २१ बुँदे धनगढी घोषण पत्र जारी गरिएको थियो।

घोषणा पत्रमा युवाको संस्थागतरुपमा नै समग्र विकासका निमित्त उचित व्यवस्था गर्ने, यसका लागि प्रदेश युवा परिषद् तथा स्थानीय तहमा पालिका स्तरिय युवा परिषद्को गठन गर्न, प्रदेशका सीमान्तकृत समुदायमा मुस्लिम, मुक्त कमैया, मुक्त कम्लहरी तथा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायबाट प्रतिनिधित्व गर्ने युवा लक्षित गर्दै उच्च शिक्षा तथा प्राविधिक शिक्षाको निशुल्क व्यवस्था गरेर रोजगारीको सुनिश्चितता गर्न माग गरिएको गैरसरकारी संस्था महासंघका केन्द्रीय सदस्य थापाले बताउनुभयो ।

घोषणा पत्र ग्रहण गर्दै मुख्यमन्त्री शाहले वास्तविकताका आधारमा युवालाई समेट्दै सन्देशमुलक खालको रोजगारी सिर्जना गर्ने गरी नीति तथा कार्यक्रम र बजेट ल्याउने प्रतिबद्धता जनाएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?