दार्चुला बसपार्कमा घाइते भइ बेहोस अवस्थामा पुरूष फेला

दार्चुला । दार्चुला सदरमुकाम खलंगा बसपार्क नजिक घाइते भइ बेहोस अवस्थामा एक पुरूष फेला परेका छन् । आज जेठ २१ गते बिहान २:३५ बजेको समयमा महाकाली न.पा. ४ जिप पार्क नजिक वेहोस अबस्थामा रहेको बर्ष अन्दाजी ३०/३५ को (नाम थर वतन नखुलेको) पुरूष फेला परेपछि जिल्ला प्रहरी कार्यालयको गाडीमा उद्धार गरी जिल्ला अस्पताल दार्चुलामा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

वेवारिसे अवस्थामा फेला परेका उनको स्वास्थ अवस्था गम्भीर रहेको बताइएको छ । उनलाई तत्काल सुविधा सम्पन्न अस्पतालमा रिफर गर्नु पर्ने हुदा उनलाई चिन्ने व्यक्तिले आफन्तलाई खबर गरी वा जिल्ला प्रहरी कार्यालय तथा जिल्ला अस्पताल दार्चुलामा सम्पर्क राख्न हुन अनुरोध गरिएको छ।

घाइते पुरूषको टाउकोमा गम्भीर चोट देखिन्छ भने लडेको वा कसैले कुटपिट गरेर फालेको हुनसक्ने अनुमान गरिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?