आजदेखि खप्तडमा तीनदिने आध्यात्मिक सम्मेलन सुरु

दार्चुला । तीनदिने खप्तड आध्यात्मिक सम्मेलन आजदेखि सुरु हुँदैछ ।

सम्मेलनको उद्घाटनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ त्यसतर्फ जानु भएको उहाँको सचिवालयले जनाएको छ ।

योगगुरु बाबा रामदेव र पतञ्जली योगपीठका महामन्त्री आचार्य बालकृष्णलगायत पनि सम्मेलनमा सहभागी हुने आयोजकले बताएको छ ।

सदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा हुने कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले खप्तड क्षेत्रको समग्र विकास र भावी योजना तथा रणनीतिका बारेमा विशेष सम्बोधन गर्नु हुने छ ।

सुदूरपश्चिमका लोकप्रिय सांस्कृतिक झाँकीहरू भुँवा, हुडक्यौली, गौरा, देउडा, पुतला नाचलगायतका प्रस्तुत गरिनेछ ।

डोटी, अछाम, बझाङ र बाजुरा जिल्लाले घेरिएको खप्तड क्षेत्र धार्मिक तथा बहुमूल्य जडीबुटीका लागि प्रख्यात छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?