दुहुँबासी बक्यौता रकम नतिर्दा विजुलीबाट बञ्चित

दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिकामा विद्युतको पुरानो बक्यौता रकम नतिर्दा अहिले स्थानीय विजुलीबाट बञ्चित भएका छन् । दुहुँको वडा नम्बर ३, ४ र ५ का स्थानीयहरुले साझा मिटर जडान गरेर विजुली बालेपनि विद्युतको महसुल नतिरेका कारण अहिले विद्युतबाट बञ्चित हुनुपर्ने अवस्था आएको हो । विद्युत वितरण केन्द्र दार्चुलाले तिर्न बाँकी बक्यौता नतिरे पुरानो लाइने काट्ने र नयाँ ग्राहकलाई मिटर समेत नदिने भनेपछि स्थानीय सेवाग्राही समस्यामा परेका हुन् ।

दुहुँमा २०७८ भदौ १३ गते गएको बिनासकारी बाढी पहिरोका कारण चार वटा लघुजलविद्युतका पावरहाउस बगेका थिए । लघुजलविद्युत बगेपछि महिनौसम्म गाउँपालिकाभरीका स्थानीय अन्धकारमा बस्न बाध्य थिए । गाउँपालिकाको पहलमा २०७८ चैतदेखि लघुलजविद्युतकै शाखा लाइनहरुमा राष्ट्रिय प्रसारणको विद्युत लाइन जडान गरेर साँझा मिटरमार्फत वडा नम्बर ३, ४ र ५ मा विद्युली बालिएको थियो । स्थानीयबाट असुल गरेर वडाले तिर्ने शर्तमा वडा कार्यालयहरुको नाममा साँझा मिटर जडान गरेपनि तीन वटै वडाले जेठदेखि हालसम्मको १० लाख बढी महसुल तिर्न बाँकी रहेको भन्दै विद्युत प्राधिकरणले ताकेता गरिरहेको छ । बक्यौता रकम नतिर्दासम्म नयाँ मिटर नदिने र पुरानो बक्यौता तीन दिनभित्र नतिरे नियमानुसार विद्युत प्राधिकरणको लाइन काटिने जानकारीसहितको पत्र विद्युत वितरण केन्द्र दार्चुलाले गाउँपालिका र सम्बन्धित वडा कार्यालयहरुलाई पठाएको छ । विद्युत वितरण केन्द्र दार्चुलाका प्रमुख आनन्द सापकोटाले भन्नुभयो, २०७९ जेठदेखि चैतसम्म पटकपटक ताकेता गर्दा समेत कुनै सुनुवाइ नभएपछि गत चैत ७ गते अन्तिम पटक तीन दिनभित्र चार वटा मिटरको ७७ हजार ९८७ र फागुनसम्म तिर्न बाँकी विद्युतको महसुल आठ लाख ४२ हजार ४३८ तिर्न अनुरोध गरिएको थियो । अहिलेसम्म समेत बक्यौता रकम नतिरेको उहाँले बताउनुभयो ।

विद्युत वितरण केन्द्र र गाउँपालिकाबाट पत्राचार भएपछि विद्युतको महसुल उठाउने काम भइरहेको दुहुँ–४ का वडाअध्यक्ष कृष्णसिंह लोथ्यालले जानकारी दिनुभयो । विद्युत वितरण केन्द्र दार्चुलासंग जेठ २५ भित्र उठेको बक्यौता रकम बुझाउने प्रतिवद्धता गरेकोले ग्राहकले मिटर नपाउने समस्या समाधान भइसक्ने उहाँको भनाई छ । अहिलेसम्म घरधनीले पाउने मिटर माग्न जादा बक्यौता नआएको भन्दै फर्काउने गरिएको थियो, उहाँले भन्नुभयो, बक्यौता चाडैं बुझाउने प्रतिवद्धतासहित विद्युत वितरण केन्द्र दार्चुलाका प्रमुख आनन्द सापकोटासंग कुरा गरेर नयाँ मिटर नरोक्न अनुरोध गरिएको छ ।

विद्युत लाइन गाउँमा विस्तार भएको छैन, उहाँले भन्नुभयो, गाउँघरमा राम्रोसंग विद्युतिकरण नहुदा स्थानीयले बक्यौता तिर्न अप्ठेरो मानिरहेका छन् । दुहुँको वडा नम्बर ४ र ५ को अधिकासं क्षेत्रमा विद्युतिकरण गर्न बाँकी रहेको छ । विद्युतिकरण भइसकेको ठाउँमा समेत भरपर्दो सेवा नपाएको स्थानीय पुजा बमले बताउनुभयो । पोक्से, मल्ली फारा, पासु, माखमली, गरमोरा, सुत्खोला विद्युतिकरण गर्न बाँकी रहेको छ । सबै गाउँमा चाँडो विद्युतिकरण गरिदिन स्थानीयहरुले अनुरोध गरिरहेका छन् । वडा नम्बर ४ मा जडान गरिएको मिटरमा समेत चट्याङ परेर जलेको कारण विद्युत अवरुद्ध छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?