दार्चुला । कालीकोटमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
रास्कोट नगरपालिकाबाट सरमुकाम मान्मा जाँदै गरेको ग३च ४६१० नम्बरको जिप रास्कोटकै सेरा बसपार्क नजिकै दुर्घटना भएको हो ।
दुर्घटनामा ४३ वर्षीय मनबहादुर शाही र ३६ वर्षीया मनकुमारी शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका डीएसपी जयश्वर रिमालले जानकारी दिनुभयो ।
जिपमा तीन जना सवार थिए । जिप सडकबाट करिब ३०० मिटर तल खसेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया