दार्चुलाको लेकमबाट एक सुत्केरीको हेलिकप्टरमार्फत उद्दार

दार्चुला । दार्चुलामा एक सुत्केरीको हेलिकप्टरमार्फत उद्दार गरिएको छ। जिल्लाको लेकम गाउँपालिका–२ भटाइजरकी ३३ वर्षीया पार्वती सार्कीको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकप्टरमार्फत उद्दार गरिएको हो।

बिहिवार दिउँसो गराडी स्वास्थ्य चौकीमा बच्चा जन्माएकी सार्कीलाई उच्च रक्तस्रावको समस्या देखिएपछि थप उपचारका लागि शुक्रवार बिहान लिकप्टरमार्फत उद्धार गरि कर्णाली प्रादेशिक अस्पताल सुर्खेत लगिएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिनुभयो ।

पछिल्लो समय राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत जटिल अवस्थाका सुत्केरी महिलाको उद्दार गरिदा मातृशिसु सुरक्षा बढेको छ । दार्चुलाको विभिन्न स्थानीय तहका महिलाले यो सेवा पाइसकेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?