दार्चुला । कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । शनिबार राती शुभकालीका गाउँपालिका–६ को गविरामा दुर्घटना हुँदा तीन जनाको ज्यान गएको हो ।
मृत्यु हुनेहरुमा जीपका चालक शुभकालीका वडा नम्बर २ का ३० वर्षीय हर्क विश्वकर्मा, वडा नम्बर ८ का ३१ वर्षीय रामबहादुर शाही र दैलेख नौमुले वडा नम्बर ३ का २५ वर्षीय गोपाल सलामी मगर रहेको प्रहरीले जनाएको छ ।
बेउली पान्तडी सडक खण्डको चौकी बजारबाट शुभकालीका जाँदै गरेको लु १ च ८४९८ नम्बरको जीप दुर्घटनामा परेको कालीकोट जिल्ला प्रहरी जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया