बैतडीका चार स्थानीय तह पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

दार्चुला । बैतडीका चार स्थानीय तहहरु पुर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा भएका छन् ।

जिल्लाको दशरथचन्द,मेलौली, पाटन नगरपालिका र डिलाशैनी गाउँपालिकालाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा गरिएका हुन् ।
स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टका अनुसार खोपको मापदण्ड पुरा गरेपछि यहाँका चार पालिकालाई पुर्णखोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा गरिएका हुन् ।

पुर्णखोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणाका लागि १६ महिना देखि ५९ महिना सम्मका बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार खोप पाएको हुनुपर्दछ । “स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिवद्धता” भन्ने नाराका साथ पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएका हुन् ।

पालिकाभित्र रहेका बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार खोप पाएपछि पालिकाहरुलाई पूर्ण खोप सुनिश्चिता पालिका घोषणा गर्ने गरिन्छ । स्वास्थ्य चौकीहरुबाट खोप लाएको प्रमाणीकरण वडास्तरीय खोप समन्वय समितिले प्रमाणीकरणसहित पालिकालाई सिफारीस गर्ने गर्दछ ।नगर प्रमुख तथा गाउँपालिका अध्यक्षको नेत्तृत्वमा रहेको पालिकास्तरीय खोप समन्वय समितिले पनि प्रमाणिकरण गरेपछि पुर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिने प्रावधान रहेको छ ।

पालिकाले जिल्ला खोप समन्वय समितिलाई प्रमाणिकरणसहितको सिफारिस गर्दछ । त्यसपछि पालिकाले गरेको पूर्ण खोप सुनिश्चिततालाई
प्रमाणिकरण गर्न स्वास्थ्य कार्यालयले घरधुरी सर्वेक्षण गर्दछ । त्यसपछि मात्रै जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता घोषणा गरिन्छ । चार नगरपालिका र छ गाउँपालिका रहेको बैतडीका अन्य स्थानीय तहहरूलाई पनि जेठ महिनाभित्रै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने कार्यक्रम रहेको छ ।

त्यसपश्चात असार पहिलो हप्ता जिल्लालाई नै पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।
वि.सं २०७२ साल असार ६ गते बैतडी पूर्ण खोपयुक्त जिल्ला घोषणा भएको र त्यसको निरन्तरताका लागि हरेक वर्ष पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्ने गरिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?