दार्चुला । चेक बाउन्स गरि ठगी गरेको आरोपमा दार्चुलाका एक वडाअध्यक्ष पक्राउ परेका छन्। जिल्लाको नौगाड गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष कृष्णसिंह धामी कैलालीबाट पक्राउ परेका हुन् ।
उहाँले आफ्नै नाममा रहेको ग्लोबल आइएमई बैंकको ३० लाखको चेक कैलाली बस्ने टेक कुँवरलाई दिएका थिए। तर, उक्त खातामा रकम नै नभएको थाहा पाएपछि कुँवरले प्रहरीमा उजुरी दिएका थिए। सोही उजुरीपछि धामीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गणेश बरालले जानकारी दिनुभयो।
वडाअध्यक्ष धामीलाई उच्च अदालत दिपायलको अनुमतिमा गत चैत ७ गते पक्राउ गरिएको थियो। तर, उनलाई हाजिर जमानीमा छाडिएको थियो।
त्यसपछि पुनः अदालतले पक्राउ गर्न आदेश दिएपछि धामीलाई यसै जेठ २५ गते पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ। उनलाई मालाखेती, अत्तरियाको थुनामै राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया