खलंगामा खानेपानीको हाहाकार, समस्या समाधानका लागि नागरिक दबाब समुहको निवेदन

दार्चुला । दार्चुला सदरमुकाम खलंगामा खानेपानीको हाहाकार भएको छ । खलंगा बजारमा देखिएको खानेपानी समस्या समाधानका लागि सरोकारवालाहरू जिम्मेवार नदेखिएको भन्दै दबाब दिन नागरिक दबाब समुह गठन गरिएको छ ।

महाकाली नगरपालिका-४ खलंगा बजारमा देखिएको खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि सराकारवालाहरुलाई सुझावसहित नागरिक दबाब समुहले जिल्ला प्रशासन स्वास्थ्य कार्यालय दार्चुलामा निबेदन दिएकाे छ । नागरिक दबाब समुहका अभियान्ता महेश भट्टले भन्नुभयो, विषय आज वा भोलि पानी आयो कि आएन भन्ने होइन, विषय सबै ठाउँका उपभोक्ताले निरन्तर र प्रयाप्त पानी पाउनु पर्छ भन्ने हो । यसका लागि सराेकारवाला निकायसँग छलफलको आयोजना गर्न पनि अनुराेध गरिएकाे उहाँले बताउनुभयो ।

खानेपानी समस्याको दीर्घकालीन समाधान ननिकालिने हो भने खानेपानी समस्या हल हुन सक्दैन तसर्थ नागरिक स्तरबाट निरन्तर दबाब आवश्यक उहाँले भन्नुभयो, धेरै दिनसम्म खलंगा बजारमा खानेपानी नआउदा समेत सरोकारवालाहरूले ध्यान दिन सकेका छैनन् । यसका लागि सरोकारवाला सबै जिम्मेवार बन्नुपर्ने आवश्यकता रहेको अर्का अभियान्ता भागरथी खत्री धामीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?