चमेलिया नदी किनारामा पक्की तटबन्ध निर्माणका लागि शैल्यशिखरको पहल (फोटोफिचर)

दार्चुला । दार्चुला र बैतडीका चमेलिया नदी किनारका बासिन्दालाई बाढीको जोखिम बढ्दै गएको छ । बर्खायामसँगै नदीको सतह बढ्दा चमेलिया नदी वारिपारि गोकुलेश्वर लगायत दर्जनौँ बस्तीका बासिन्दा चिन्तित भएका छन् । दार्चुलाको गोकुलेश्वर बजारमा अवस्थित बस्तीसंगै नगरपालिका भवन, गोकुलेश्वर माबि र क्याम्पस, अस्पताल, विमानस्थल लगायत भौतिक संरचना बाढीको उच्च जोखिममा रहेको शैल्यशिखर नगरपालिकाका प्रमुख विजयसिंह धामीले बताउनुभयो ।

बाढीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै नगरपालिकाको तर्फबाट पक्की तटबन्ध निर्माणका लागि पहल भइरहेको नगरप्रमुख धामीको भनाई छ । विगतदेखि विभिन्न सरकारी कार्यालयको तर्फबाट विनासमन्वय आफुखुसी आवश्यकता भन्दापनि पहुँचको भरमा तटबन्ध निर्माण भएको पाइयो, शैल्यशिखर नगरपालिकाका उपप्रमुख शान्ति खडायतले भन्नुभयो, महाकाली नदी नियन्त्रण आयोजनाले चालु आर्थिक वर्षमा पनि गोकुलेश्वर बजार नजिक कमजोर खाले तटबन्ध निर्माण भइरहेकोले दार्चुला सदरमुकाम खलंगामा निर्माण भएको महाकाली नदी किनाराको तटबन्ध जस्तै बलियो तटबन्ध निर्माण गर्न अनुरोध गरिएको छ । चमेलिया किनारामा अहिलेसम्म तारजालीसहितको कच्ची तटबन्ध र कुनै कुनै ठाउँमा कमजोर गुणस्तरको पक्की वाल मात्रै निर्माण भएको स्थानीयले गुनासो गरेका छन् ।

बाढीको जोखिम र स्थानीयको गुनासोपछि तटबन्ध निर्माणको बारेमा स्थलगत अनुगमन, समन्वय तथा छलफल गर्न शुक्रबार  शैल्यशिखर नगरपालिकाले दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीलाई अनुरोध गरेपछि उहाँको समन्वयमा महाकाली नदी नियन्त्रण आयोजनाका प्रमुख मनोहर कुमार शाहको टोली समेत गोकुलेश्वर पुगेर चमेलिया नदी किनाराको स्थलगत निरीक्षण र छलफल गरिएको हो । शैल्यशिखर नगरपालिका प्रमुख विजयसिंह धामी, उपप्रमुख शान्ति खडायत, प्रमुख जिल्ला अधिकारी किरण जोशी, महाकाली नदी नियन्त्रण आयोजना प्रमुख मनोहर कुमार शाह, शैल्यशिखरका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर बिष्ट, वडा नम्बर १ का अध्यक्ष एबं नगरप्रवक्ता भरतबहादुर खडायत लगायतले शनिबार गोकुलेश्वरदेखि बलाँच हुँदै बारिलसम्म चमेलिया नदी किनाराको स्थलगत अवलोकन गरेको हो । अवलोकनपछि गोकुलेश्वरपारी डिलाशैनीतर्फको पहिरो नियन्त्रण र गोकुलेश्वर लगायत चमेलिया नदीको बढी जोखिमयुक्त क्षेत्रमा पक्की तटबन्ध निर्माण गर्नुपर्ने टट्कारो आवश्यकता रहेको निष्कर्ष निकालिएको नगरप्रमुख विजय धामीले बताउनुभयो ।

अहिलेसम्म गोकुलेश्वरमा अर्बौ लगानीका भौतिक संरचना बनिसकेका छन, उहाँले भन्नुभयो, नगरपालिका भवन, नमुना विद्यालय भवन लगायत ठूला संरचना निर्माण हुने क्रममा छन, यि संरचनाको संरक्षणका लागि समेत चमेलियामा खलंगाको जस्तै पक्की तटबन्ध आवश्यक रहेको उहाँको भनाई छ । महाकाली नदी नियन्त्रण आयोजनाका प्रमुख शाहले प्रयाप्त बजेट नहुदा पक्की तटबन्ध निर्माण गर्न नसकिएको बताउनुभएको छ । चमेलियामा पक्की तटबन्ध निर्माणका लागि एक अर्ब बजेट आवश्यक भएकोमा सरकारले वर्षेनी एक दुई करोड रुपियाँ मात्रै विनियोजन गरिरहेको उहाँको भनाई छ । सरकारले प्रयाप्त बजेट विनियोजन गरेमा डिपिआर परिवर्तन गरेरै भएपनि चमेलियामा पक्की तटबन्ध निर्माण गर्न सकिने शाहले बताउनुभयो ।

अनुगमन पछि डिपिआरनै परिवर्तन गरेर बढी जोखिमपूर्ण क्षेत्रमा आरसीसी वालसिहितको पक्की तटबन्ध निर्माण गर्न केन्द्र सरकारसंग बजेट माग गर्ने निष्कर्ष निकालिएको प्रमुख जिल्ला अधिकारी जोशीले बताउनुभयो ।

अनुगमन तथा छलफल गरिरहेका तस्बिर

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?