दार्चुला । दार्चुलामा ट्रक दुर्घटना भएको छ । शैल्यशिखरको ग्वानी क्षेत्रमा धनगढीबाट दार्चुला सदरमुकाम खलंगातर्फ आउदै गरेको चामल लोड गरेको ट्रक दुर्घटना भएको हो । ट्रकको स्टेरिङले काम नगर्दा दुर्घटना भएको बताइएको छ ।
सुपप्र ०१००१ क १६९२ नम्बरको ट्रक दुर्घटना हुदा चालक प्युठानका करसिंह राना र साहु शैल्यशिखर ६ मिलमिलिका जनक राज विष्ट सामान्य घाइते रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । सामान्य घाइते दुबै जनालाई उपचारका लागि गोकुलेश्वर अस्पताल पठाइएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया