मन्त्री सिंहको निधनमा बुधबार सुदूरपश्चिम प्रदेशभरी बिदा

दार्चुला । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको निधनको शोकमा सुदूरपश्चिम सरकारले बुधबार एक दिन शोक बिदा दिने निर्णय गरेको छ । सुदूरपश्चिम प्रदेश सरकार (मन्त्रिपरिषद्) को मंगलबार (आज) बेलुका बसेको बैठकले सवारी दुर्घटनामा परी निधन भएका मृतकहरूप्रति श्रद्धाञ्जली एवं शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुका साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै मन्त्री पृथ्वी बहादुर सिंहको असामयिक निधनमा असार ६ गते बुधबारका दिन सुदूरपश्चिम प्रदेशभर शोक बिदा दिने निर्णय गरेको हो । उक्त दिन सुदूरपश्चिम प्रदेशभरका सरकारी तथा सार्वजनिक निकायहरूमा नेपालको राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिंह सरकारी कामको सिलसिलामा मंगलबार दिउँसो डडेलधुरा जिल्लाबाट बझाङ जिल्ला जाने क्रममा बझाङको केदारस्यूँ गाउँपालिका वडा नं. १ जुवालीखेत, देउरामा मन्त्री सिंह सहित ५ जना सवार सु.प. प्र. ००१ झ. ४८० नम्बरको गाडी दुर्घटनामा परेको थियो । सडकबाट करिब ५० मिटर तल खोला किनारमा खसेर भएको दुर्घटनामा मन्त्री सिंह सहित उहाँकी श्रीमती अमृतादेवी सिंह र भाउजू जयादेवी सिंहको निधन भएको हो । अमृतादेवी र जयादेवीको प्राथमिक उपचारको क्रममा देउरास्थित रितु पोलिटेक्निकमा निधन भएको र मन्त्री सिंहलाई उपचारको लागि नेपाली सेनाको हेलिकप्टरबाट नेपालगञ्ज मेडिकल कलेज पुऱ्याइएकोमा उपचारको क्रममा बेलुका ५ बजेर ३३ मिनेटमा अस्पतालले मृत घोषणा गरेको थियो ।  मन्त्री सिंहका अङ्गरक्षक ३५ वर्षीय दीपक भण्डारी र गाडी चालक ३५ वर्षीय धर्मराज जोशीको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?