दार्चुला । ताप्लेजुङको सिरिजंघा गाउँपालिका–३ सिकैचाका लक्ष्मण चाम्लिङ राईले चिर्पट प्रहार गरी श्रीमतीको हत्या गरेका छन्।
मादक पदार्थ सेवन गरेका राईले मंगलबार साँझ टाउकोमा चिर्पट प्रहार गर्दा ३१ वर्षीया श्रीमती निशा राईको घटनास्थलमै ज्यान गएको हो ।
प्रहरीका अनुसार मापसे गरेका राईले घरमा आएर श्रीमतीसँग झगडा गरेका थिए। झगडाकै क्रममा चिर्पट प्रहार गरेको खुलेको प्रहरीले जनाएको छ।
राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया