दार्चुलाको मालिकार्जुन मावि धाप देशकै उत्कृष्ट विद्यालय

दार्चुला । दार्चुलाको महाकाली नगरपालिका-७ धापमा अवस्थित मालिकार्जुन नमुना मावि धाप देशकै उत्कृष्ट विद्यालय बनेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगत शैक्षिक गुणस्तर परीक्षण केन्द्रले सार्वजनिक गरेको नतिजा अनुसार मालिकार्जुन मावि धाप एक नम्बरमा पर्न सफल भएको हो।

मालिकार्जुन नमुना मावि धापले व्यवस्थापकिय तथा शैक्षिक कार्यमा राम्रो काम गरेको भन्दै उत्कृष्ट बनेको मावि धापका प्रधानाध्यापक सुन्दर सिह बुढाथोकीले जानकारी दिनुभयो। शैक्षिक समीक्षा, कार्यालयको कार्यसम्पादन परीक्षणबाट मावि धाप  देशकै उत्कृष्ट विद्यालय घोषणा गरिएको बताइएको छ ।

मावि धापमा साधारण र प्राविधिक दुबै धारतर्फ पढाइ हुने गरेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?