बैतडीमा लम्पी स्किन संक्रमणले ५०० पशु मरे

दार्चुला । बैतडीमा लम्पी स्किन संक्रमणले अहिले सम्म ५०२ पशुचौपाया मरेका छन्। संक्रमणका कारण १३५ बाच्छाबाच्छी, १७६ गाई, १३२ गोरु र ३० भैँसी मरेका हुन्।

रोग महामारीका रूपमा फैलिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटनले जनाएको छ। अहिले आठ हजार २२६ पशुचौपाया संक्रमित रहेका भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख गुमानीदत्त पन्तले जानकारी दिनुभयो। ​दुई हजार ३४८ बाच्छाबाच्छी, दुई हजार ९६० गाई, दुई हजार २८० गोरु र ६४५ भैसी संक्रमित भएका हुन्।

लम्पी स्किनबाट धमाधम पशुचौपाया मर्न थालेपछि किसान चिन्तित छन्।

गत मंसिरमा पाटनका केही पशुचौपायामा यसका लक्षण देखा परेको थियो। पशुचौपायामा ज्वरो आउने, सिँगान तथा र्‍याल बगाउने, शरीरमा गीर्खा आउने र खुर पाक्ने लगायत लक्षण देखिने गरेका छन्।

यो रोग झिँगा, मच्छर र किर्नाले टोकेमा वा दानापानी, चरन क्षेत्र र पशुको आपसमा संसर्गबाट फैलिने भएकाले सचेत रहन सबैमा अपिल गरिएको छ। रोग नियन्त्रण गर्न किसानले भुसुना, किरा र लामखुट्टे नियन्त्रणका लागी गोठको सफाइ, भकारो (पर्सो) व्यवस्थापन र चरन क्षेत्रको ख्याल गर्न सुझाव दिइएको छ। थाहा खबर

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?