दार्चुला । गोरखा मनकामनामा बेहुली लिएर फर्किँदै गरेको जन्ती सवार जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । छिरिङकोटबाट बेहुली लिएर आउँदै गरेको जन्ती चढेको जीप शुक्रबार बिहान करिब ३ दुर्घटनामा परेको हो । उक्त दुर्घटनामा १२ जना घाइते भएका छन् ।
शहीदलखन गाउँपालिका( ३ पात्लेखोलामा प्रदेश ३-०१-०२३ च ४४२७ नम्बरको जीप दुर्घटना भएको हो । गोरखा प्रहरी प्रवक्ता डीएसपी लीलाराम लामिछानेका अनुसार घटनास्थलमा ४ पुरुष र १ महिलाको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका अन्य यात्रुको नजिकैको स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया