देशैभर फैलियो मनसुन, सुदूर पश्चिम, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

दार्चुला । हाल देशमा मनसुनी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापिय प्रणालीको पनि प्रभाव रहेको छ।

अहिले देशभर सामान्य देखि पूर्णतया बदली रही कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा कर्णाली र सुदूर पश्चिम प्रदेशका एक वा दूई स्थानमा मेघ९गर्जनरचट्याङ्ग सहित वर्षा भइरहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य बदली रहनेछ। देशभर केही स्थानहरुमा मेघ९गर्जनरचट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी र सुदूर पश्चिम प्रदेशका एक९दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

राती देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ। देशका धेरै स्थानहरूमा मेघ९गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका प्रदेशका एक९दुई स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

आगामी २४ घण्टामा देशभर सामान्य बदली रही मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा तथा बाँकी प्रदेशहरुका केही स्थानहरुमा मेघ९गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, मधेश,गण्डकी तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा साथै कोशी प्रदेशका एक९दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

भारी वर्षा र मेघ९गर्जनरचट्याङ्गका कारणले हुन सक्ने बाढी, पहिरो, डुबान, भूक्षय तथा गेग्रान बहावका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?