दार्चुला । आइतबार काठमाडौंबाट धनगढी उडेको श्रीएयरलाइन्सको जहाजमा समस्या देखिएपछि पुनः काठमाडौं नै फर्किएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेननाथ सिटौलाले बिहान ७ः५० मा उडेको श्रीको जहाज ८ः२० मा पुनः त्रिभुवन विमानस्थलमा फर्काएर ल्याण्ड गरिएको बताउनुभयो । जहाजमा प्रेसराइजेसनको समस्या देखिएपछि काठमाडौंमै फिर्ता भएको उहाले बताउनुभयो ।
जहाजमै केही समस्या हो वा कुनै त्रुटिले भएको हो भन्ने विषयमा अध्ययन हुने उहाले बताएउनुभयो । जहाजमा ७९ जना यात्रु थिए । ती यात्रुलाई अर्कै जहाजमा राखेर धनगढी पठाउने तयारी भएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया