लेकम गाउँपालिकाले ल्यायो ४८ करोड ९७ लाख बढीको बजेट

दार्चुला । दार्चुलाको लेकम गाउँपालिकाले अगामी आर्थिक वर्षको लागी ४८ करोड ९७ लाख भन्दा बढीको बजेट ल्याएको छ । गाउँपालिका उपाध्यक्ष माधवी जोशीले अगामी आर्थीक वर्ष २०८०/८१ का लागि ४८ करोड ९७ लाख ५७ हजार ४ सयको बजेट गाउँसभामा प्रस्तुत गर्नुभएको हो ।

गाउँपालिका अध्यक्ष रामदत्त जोशीको अध्यक्षतामा आयोजित गाउँसभामा उपाध्यक्ष माधवी जोशीले अगामी आर्थिक वर्षको बजेट गाउँसभामा पेश गर्नु भएको हो । उहाँका अनुसार लेकम गाउँपालिकाले सडक निर्माणलाई प्राथमिकतामा राखेको छ । सबै वडा र क्षेत्र समेटिने गरि बजेट तयार गरिएको उहाँले बताउनुभयो ।

यसैबीच दार्चुलाका लेकम, मार्मा, अपिहिमाल, मालिकार्जुन, महाकाली, नौगाड, व्याँस लगायत स्थानीय तहले बजेट गाउँसभामा प्रस्तुत गरिसकेका छन् । दुहुँ गाउँपालिकाले गत ७ गते नै बजेट पास गरेर सुत्रमा इन्ट्री गरिसकेको छ । शैल्यशिखर नगरपालिकाको बजेट आउन बाकी छ । आवश्यक तयारी नपुगेको भन्दै शैल्यशिखरले आज बजेट सार्वजनिक नगरेको हो ।

लेकम गाउँपालिकाले ल्याएको बजेटको पूरा प्रस्तुति लोकदर्पण टिभी फेसबुकपेजमार्फत हेर्न र सुन्न सक्नुहुनेछ ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?