दार्चुलाको नौगाडमा चार दिन देखि सम्पर्क विहिन पुरुष मृत फेला

दार्चुला । दार्चुलामा एक पुरुष मृत फेला परेका छन् । जिल्लाको नौगाड गाउँपालिका –१ रङरङेका ५२ वर्षिय मानबहादुर बम मृत अवस्थामा फेला परेका हुन् ।

गत ८ गते घरबाट सदरमुकाम खलंगा जान भनेर हिँडेका उनी सम्पर्कबिहीन थिए । खोज्दै जाने क्रममा सोमबार साझ नौगाड –२ खलपुजा धारमा बाटोबाट अन्दाजी ७० मिटर तल खसेर मृत्यु भएको अवस्थामा उनि भेटिएका मृतकका भाई लालबहादुर बमले बताउनुभयो ।

घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?