दार्चुला । काठमाडौंको नक्सालबाट प्रहरीले एक जना बेहुलालाई पक्राउ गरेको छ।
मंगलबार दिउँसो २ बजे काठमाडौं महानगरपालिका(१ नक्सालस्थित एक पार्टी प्यालेसको मण्डपबाटै ती बेहुलालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सिताराम रिजालले जानकारी दिनुभयो।
सुनसरी दुहवी नगरपालिका वडा नम्बर ६ स्थायी घर भई हाल काठमाडौं वडा नम्बर १३ ताहाचल बस्ने ३२ वर्षीय अनुराग रौनियारलाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीका अनुसार उनी अमेरिकाको ग्रीन(कार्ड प्राप्त व्यक्ति हुन्।
पार्टी प्यालेसमा विवाह हुँदै गर्दा बेहुला पक्षले मागेजति दाइजो नपाएको भन्दै बिहे रद्द गर्ने निर्णय गरेको एसपी रिजालले बताउनुभयो। उक्त विषयमा दुई पक्षबीच विवाद समेत भएको थियो।
त्यसपछि प्रहरीको टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले घटनाबारे बुझ्दा जन्तीलाई राम्ररी स्वागत नगरेको र ५० लाख रूपैयाँ दाइजो नपाएपछि बिहे नै रद्द गर्ने अडान लिएको खुलेको हो। बेहुलीलाई गाली बेइज्जती र हातपात समेत गरेको एसपी रिजालले बताउनुभयो।
बिहे खर्च बापत केटा पक्षले केटी पक्षबाट पटकपटक गरी २२ लाख रूपैयाँ लिइसकेको खुलेको हो।
रौनियारलाई अहिले प्रहरी वृत्त मालिगाउँमा राखिएको छ। प्रहरीले रौनियारमाथि विवाह सम्बन्धी कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिन थुनामा राख्ने अनुमति लिएर अनुसन्धान गरिरहेको छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया