दार्चुला । सरकारको आगामि आर्थिक वर्षको बजेट (विनियोजन विधेयक) प्रतिनिधिसभाबाट पारित भएको छ ।
बुधबार बसेको प्रतिनिधि सभाको बैठकले मत बिभाजनका आधारमा बजेट बहुमतले पारित गरेको हो । बजेट पारित गरियोस भन्ने पक्षमा १४७ मत र बिपक्षमा १०८ परेको थियो । प्रतिनिधिसभामा उपस्थिति २५५ जना सदस्यहरु रहेका थिए । सभामुख देवराज घिमिरेले प्रस्तावको पक्षमा बहुमत भएकाले सो प्रस्ताव पारित गरिएको घोषणा गर्नु भएको हो । अर्थमन्त्री डा. प्रकाशशरण महतले बैठकमा बजेट पारितका लागि प्रस्ताव पेस गर्नुभएको थियो । त्यसलाई सभामुख देवराज घिमिरेले संसदमा निर्णयार्थ पेश गर्नुभएको थियो । बजेट पारितसँगै सरकारलाई बजेट कार्यान्वयनको बाटो खुलेको छ । सत्तारुढ दलका सांसदहरुले बजेटको पक्षमा मतदान गरेका थिए भने प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लगायत अन्य दलहरुले बजेटको बिपक्षमा मतदान गरेका थिए ।
गत जेठ १५ गते अर्थमन्त्री महतले बजेट सार्वजनिक गर्नुभएको थियो । बजेटमाथि संसदमा १६ दिनसम्म छलफल भए पनि कुनै उपलब्धि नभएको भन्दै सांसदहरुले नै असन्तुष्टि जनाईरहेका थिए।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया