आज हरिशयनी एकादशी, घर घरमा तुलसी रोपी नारायणको पूजा गरिँदै

दार्चुला । आज आषाढ शुक्ल एकादशी । सनातन धर्मावलम्वीहरु बिहीबार घर घरमा तुलसी रोप्ने तथा भगवान विष्णुको पूजा आराधना गरि यो पर्व मनाउँदै छन् ।

बिहानै उठी नुहाईधुवाई गरी एक महिना अघि निर्जला एकादशीको दिन विऊ राखिएको तुलसीको बेर्ना मठमा सारेर पूजा गर्ने गरिन्छ ।

बिहीबार रोपिएको तुलसीको कात्तिक महिनामा पर्ने हरिबोधनी एकादशीका दिन बिवाह गरिदिने प्रचलन छ । बिहिबारै देखि चतुर्मास पनि प्रारम्भ हुदैछ ।

सिंगो ब्रह्माण्डका मालिक भगवान विष्णु आजदेखि क्षीरसागरमा शयन गर्ने शास्त्रीय ब्याख्या रहेको छ । यस अवधिमा गरिने कुनै पनि धार्मिक कार्यबाट फल प्राप्ती नहुने मान्यता छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?