ड्यामबाट खसेको ढुङ्गा लागेर दैलेखमा एक बालकको मृत्यु, ६ बालबालिका घाइते

दार्चुला । दैलेखको आठबीस नगरपालिका–५ मा ड्यामबाट खसेको ढुङ्गा लागेर हिजो बेलुका एक जना बालकको ज्यान गएको छ । ६ जना बालबालिका घाइते भएका छन् ।

निमार्णाधीन अवस्थामा रहेको भित्रिखोला सिँचाइ आयोजनाको ड्याम भत्किएर खसेको ढुङ्गाले लाग्दा आठबिस–५ बस्ने बिर्खबहादुर थापाका छोरा उमेश थापाको ज्यान गएको हो ।

ड्याम बर्सातका कारण भत्किएको दैलेखका प्रहरी प्रमुख किशोर लम्सालले बताउनुभयो । घाइतेमध्ये १३ वर्षका किरण बुढामगरको अवस्था गम्भीर रहेको आठबिस–५ का वडाध्यक्ष बजिरसिंह विकले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?