दार्चुलाको एक बिद्यालय भित्रै प्रबेश गरेर बिद्यार्थीलाई कुट्ने बैतडीका एक जना पक्राउ

दार्चुला । दार्चुलाको एक विद्यालयमा गएर विद्यार्थी कुट्ने एकजना अभिभावक पक्राउ परेका छन् । जिल्लाको शैल्यशिखर नगरपालिका–९ स्थित लटिनाथ मावि बस्कोटमा प्रवेश गरेर विद्यार्थी कुट्ने बैतडीका हरिभक्त गिरी पक्राउ परेका हुन् ।

असार ११ गते विद्यालयमा एउटै कक्षामा अध्ययनरत १४ वर्षीय आसुतोष साउद र १३ वर्षीय राजीव गिरीबीच झगडा भएको थियो । आफ्नो छोरालाई कुटेको भन्दै गिरीले साउँदलाई कुटपीट गरेका थिए ।बैतडी डिलासैनी गाउँपालिका–६ घर भएका गिरी र लेकम गाउँपालिका–१ घर भएका साउदबीच सामान्य विवाद भएर झगडा भएको थियो ।

उनी दुवै कक्षा ८ मा अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक कृष्णदेव विष्टले जानकारी दिनुभयो । विद्यार्थीबीच खेल्ने बलामा सामन्य झगडा भएको तर गिरीका बुबा हरिभक्त गिरी विद्यालयमै आएर कुटपिट गरेको उहाले बताउनुभयो । खेल्ने बेला भएको झगडामा गिरीका बुबा हरिभक्त आएर साउँदमाथि विद्यालय परिसरभित्रै कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि गिरीलाई पक्राउ गरिएको हो ।

नाबालकमाथि विद्यालयमै कुटपिट भएको भन्दै साउदका अभिभावकले इलाका प्रहरी कार्यालय गोकुलेश्वरमा जाहेरी दिएपछि आरोपितलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताउनुभयो । उनीमाथि अभद्र व्यवहार गर्न नहुने अभियोग लगाएर अनुसन्धान भइरहेको छ । गिरीविरुद्ध अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको सिंहले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?