पशुपतिनाथ मन्दिरलाई चढाइएको साँढे चोरीको प्रयास

दार्चुला । पशुपतिनाथ मन्दिरबाट साँढे चोरी गर्ने प्रयास गरिएको छ । पशुपति क्षेत्र विकास कोष र गुठी संस्थानको समन्वयमा पशुपतिनाथ मन्दिरमा हरेक महिना चढाइँदै आएको साँढेमध्ये एउटाको चोरी प्रयास भएको हो ।

गत जेठ २३ गते यादव बोहरासहितका व्यक्तिले कालो सेतो रङको पुत्ले साँढेलाई गाडीमा राखेर लैजान लागिएको अवस्थामा फेला पारेको भन्दै पशुपति क्षेत्र विकास कोषका सुरक्षा हेडले प्रहरीमा जाहेरी दिएका थिए ।

बा१३च १४०१ नम्बरको बोलेरो गाडीमा चढाई डोरीले बाँधेर तीलगंगाबाट लैजान लागेको अवस्थामा रोकिएको जाहेरीमा उल्लेख छ । प्रहरीले दुई जनालाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । तीमध्ये बोहरा पक्राउ परेका छन् ।

प्रहरीसँगको बयानमा बोहराले आफ्नो गाई फर्ममा रहेका गाईका लागि बेवारिसे अवस्थामा रहेको साँढे लैजान खोजेको बताएका छन् । उनले ललितपुरको महालक्ष्मी नगरपालिका(५ मा २ रोपनी जग्गा लिएर गाई फार्म सञ्चालन गर्दै आएको र त्यहाँ २१ वटा गाई रहेको बयान दिएका छन् ।

‘जेठ २३ गते बिहान ९-१०  बजेको समयमा कोठाबाट पशुपतिनाथ मन्दिरमा आएकोमा घण्टा चमर खरिद गरी कोठातर्फ जाँदै गर्दा पशुपति परिसरको तीलगंगा गेट नजिकै सडक खण्डमा सेतो कालो रङको पुत्ले मोटो साँढे बेवारिसे अवस्थामा देखी यो साँढे फार्ममा रहेका गाईको बिजको लागि लैजाँदा राम्रो गाई उत्पादन हुन्थ्यो होला, यो साँढे लैजाँदा कसलाई सोध्नुपर्छ भन्ने स्थानीय वरपर रहेका मानिसहरुलाई सोध्दा पशुपतिमा बेवारिसे साँढे हो, लिँदा केही फरक पर्दैन, लैजानुहोस् भनेकाले लैजान खोजेको हुँ’, बोहराले बयानमा भनेका छन् ।

उनका अनुसार त्यसपछि साँढे लैजान फार्मका गाडी चालकलाई गाडी लिएर आउन खबर गरेका थिए । उनीविरुद्ध चोरी र पशुपंक्षीसम्बन्धी कसुरमा अभियोग दर्ता गरिएको छ । साँढेलाई यातना दिएर गाडीमा लोड गरिएकाले पशुपंक्षीसम्बन्धी कसुर लगाइएको अभियोगपत्रमा उल्लेख छ ।  नेपाल प्रेस

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?