बैतडीको पुर्चौडीमा महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई सञ्चार खर्च वितरण

दार्चुला । बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर ७ मा महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई सञ्चार खर्च वितरण गरिएको छ । शुक्रबार वडा अन्तर्गत रहेका १३ जना महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई मासिक ४ सयका दरले प्रोत्साहन स्वरुप एकमुष्ट ४ हजार ८ सय प्रदान गरिएको हो ।

शुक्रबार कोटिला स्वास्थ्य चौकीको वार्षिक समीक्षा कार्यक्रममा उनीहरूलाई प्रोत्साहन स्वरुप सञ्चार खर्च वितरण गरिएको वडाअध्यक्ष धिरेन्द्र बहादुर बमले जानकारी दिनुभयो । महिला स्वास्थ्य स्वयम सेविकाहरुले विभिन्न समस्याहरु झेल्दै नागरीकहरुलाई सेवा प्रदान गरेको भन्दै उनीहरुलाई प्रोत्साहन भत्ता स्वरुप सञ्चार खर्च प्रदान गरिएको उहाँले बताउनुभयो ।

बार्षिक समीक्षा गोष्ठीमा वडा न. ७ का निर्बाचित जनप्रतिनिधी,स्वास्थ्य चौकी इन्चार्ज सुमन लुहार, महिला स्वास्थ्य स्वयम सेविकाहरुलगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?