असार १७ गते मालिकार्जुन शिखर पुजन जात्रा लाग्दै, दुई स्थानीय तहले दिए सार्वजनिक बिदा

दार्चुला । यहि असार १७ गते शैल्य मालिकार्जुन शिखर धुरामा पुजन जात्रा लाग्दै छ । जिल्लाको शैल्यशिखर नगरपालिकाले सो जात्राको अवसरमा असार १७ गते आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

आज नगरपालिकाले एक सुचना जारी गर्दै मालिकार्जुन देवताको पुजन जात्राको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । राष्ट्रकै सातौं धाम तथा दार्चुला जिल्लाको प्रमुख धार्मिक पर्यटकीय तिर्थस्थल मालिकार्जुन धाममा प्रत्येक बर्ष असार शुक्ल चतुर्दशीका दिन मालिकार्जुन देवताको पुजन जात्रा लाग्ने भएकोले बिदा दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टले बताउनुभयो ।

नगरपालिकाले सार्वजनिक बिदाका दिन सम्पुर्ण सरकारी कार्यालय बन्द रहने जनाएको छ ।

यसैबिच शिखर पूजन जात्राका अवसरमा मालिकार्जुन गाउँपालिकाले पनि सार्वजनिक बिदा दिएको छ । मालिकार्जुन गाउँपालिका–३ स्थित राष्ट्रकै सातौँ धाम मालिकार्जुनको शिखर जात्रामा हुने पूजन जात्राका अवसरमा असार १७ गते  आइतबार  बिदा दिएको गाउँपालिकाले सूचना मार्फत जानकारी गराएको छ ।

स्थानिय विदा सम्वन्धि सूचना ।

 

सायद पाठ को फोटो हुनसक्छ

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?