दार्चुला । बैतडीको डिलाशैनी गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि शुक्रबार ५७ करोड ३७ लाख १ हजार बराबरको बजेट ल्याएको छ । आगामी आर्थिक बर्षका लागि उक्त बजेट गाउँसभाले पारित गरेको गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले जानकारी दिनुभयो ।
गाउँपालिकाले शिक्षातर्फ आगामी आर्थिक बर्षका लागि २४ करोड ३ लाख ४ हजार विनियोजन गरेको छ भने स्वास्थ्यतर्फ २ करोड ५४ लाख बजेट विनियोजन गरेको गाउँपालिकाले जनाएको छ । यस्तै खानेपानी तर्फ १ करोड १८ लाख विनियोजन गरेको गाउँपालिकाले आर्थिक विकासतर्फ १ करोड विनियोजन गरेको छ । पूर्वाधार विकासतर्फ ५ करोड ९५ लाख बजेट विनियोजन गरेको छ।
यस्तै गाउँपालिकाभरीका सहिदका परिवारलाई मासिक ३ हजारका दरले भत्ता उपलब्ध गराउने बजेटमा घोषणा गरिएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया