दार्चुला । आज देशभरको मौसम आंशिकदेखि साामान्य बदली रहने मौसमविद्ले बताएका छन् ।
मौसमविद् गोविन्द झाका अनुसार आज दिउँसो कोशी र मधेस प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ ।
यस्तै, राति कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङसहित ठूलो पानी पर्ने सम्भावना रहेको छ ।
अन्य प्रदेशमा भने आज हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो । उहाँका अनुसार आज र भोलि लगातारको झरी पर्ने सम्भावना छैन । तर, पानी पर्ने र रोकिने क्रम भने चलिरहने छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया