गुडिरहेको ट्रकमा करेन्ट लाग्दा एक जनाको मृत्यु

दार्चुला । सर्लाहीमा गुडिरहेको ट्रकमा करेन्ट लाग्दा एकजनाको मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा रौतहटको विश्रामपुर गाउँपालिका २ का २४ वर्षीय सञ्जय मुखिया रहेको प्रहरीले जनाएको छ ।

ट्रकका चालक बाराको निजगढ नगरपालिका ६ का ५२ वर्षीय प्रेमबहादुर राउत गम्भीर घाइते भएका छन् ।

सोमबार दिउँसो चन्द्रनगर गाउँपालिका ७ मा भुँसा लोड गरि गुडिरहेको ना४ख ६९७६ नम्बरको ट्रकमा माथि रहेको बिजुलीको तार छुँदा करेन्ट लागेको थियो ।

मजदुर मुखियाको घटनास्थलमै मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ ।

घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?