आज सुदूरपश्चिम,मधेश र लुम्बिनी प्रदेशका  एक–दुई ठाउँमा हल्का देखि भारी वर्षाको सम्भावना

दार्चुला । देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराईका जिल्लामा हावाहुरी चल्ने सम्भावना पनि छ।

गएराति लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो वर्षा भएको थियो । ठूलो वर्षाका कारण पाल्पाको बल्ढेङगढीमा बाढीको जोखिम बढेको छ ।

बल्ढेङगढी आसपासका खोलामा बाढी आउने खतरा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस क्षेत्रको नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।

आज राति पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक–दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित ठूलो वर्षाको अनुमान रहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् वरुण पौडेलका अनुसार आज दिनभरको मौसम सामान्यदेखि पूर्ण बदली रहने छ । भोलि पनि मौसम यस्तै रहने अनुमान छ ।

पर्सिदेखि भने मौसम खुल्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?