गुडिरहेको बसमा करेन्ट लाग्दा सल्यानमा २ जनाको मृत्यु

दार्चुला । सल्यानमा गुडिरहेको बसमा करेन्ट लाग्दा २ जनाको घटनास्थलमै मृत्यु भएको छ। बिहीबार बिहान १०ः३० बजे राप्ती राजमार्गअन्तर्गत जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्बर ३ चोरखोला स्थित दाङ तुलसीपुर बाट रोल्पा जाँदै गरेको रा१ख ८,३४ नम्बर बसले सडक छेउमा रहेको ३३ केभी प्रसारण लाइनको विद्युतको पोल सर्पोटको लागि छेउमा गाडिएको तार स्टेमा छोइँदा करेन्ट लागेर २ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ।

मृतक २ जनाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यलय सल्यानका सूचना अधिकारी सूचना तथा प्रहरी निरीक्षक गोपाल श्रेष्ठले जानकारी दिनुभयो। उहाका अनुसार १८, २० जना सवार रहेकोमा २ जनाको मृत्यु र एकजना घाइते भएका छन् भने अन्य यात्रु सकुशल छन्।

घाइतेलाई उपचारको लागि कपुरकोट पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?