दार्चुला । अभिनेता सारुक ताम्राकार मृत फेला परेका छन्। रातोपुलस्थित आफ्नै घरमा गएराति ११ बजे झुण्डिएको अवस्थामा मृत फेला परेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता तथा एसपी सिताराम रिजालले जानकारी दिनुभयो।
घटनास्थलको मुचुल्कोपछि उनको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ। मृत्युको कारणबारे अनुसन्धान भइरहेको प्रवक्ता रिजालले बताउनुभयो।
३१ वर्षीय ताम्राकारले फिल्म रानीबाट ‘करिअर’ थालेका थिए। उनले ‘मेरी मामु’ र ‘इन्टु मिन्टु लण्डन’मा समेत अभिनय गरेका छन्। उनी केही दिनदेखि चलचित्र ‘ह्यास्ट्याग माया’मा व्यस्त थिए।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया