दार्चुला । बझाङमा भीरबाट लडेर एक किशोरीको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको केदारस्युँ गाउँपालिका ८ रजाडाकी १७ वर्षीया हिउँकला बोहरा रहेका छन् ।
आज बिहान जिल्लाको केदारस्युँ गाउँपालिका वडा नम्बर ९ को कुलिवान भन्ने स्थानमा भिरबाट लडेर उनको मृत्यु भएको स्थानीय रामबहादुर बोहराले बताउनुभयो ।
उहाँका अनुसार लडेपछि मात्रै आफूहरुले देखेको र कसरी, के गर्ने बेला लडेको थाहा भएको छैन । यसबारे अनुसन्धान भइरहेको बोहोराले बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया