टोल समिति अध्यक्षको घरबाट ६ लाख बढि रकम लुटेर वडाध्यक्षसहित ३ जना फरार

दार्चुला । वीरेन्द्रनगर नगरपालिका(३ का वडाध्यक्षसहित ३ जनाले उपभोक्ता समितिको ६ लाख ५० हजार रकम लुटेर भागेका छन् ।

वडाध्यक्ष विनोदसिंह विष्ट, सुशील गुरुङ, बलीराज शाहीले खोर्केखोला तटबन्धन उपभोक्ता समितिको रकम लिएर फरार भएका हुन् ।

उपभोक्ता समितिका व्यक्तिहरूले उनीहरूलाई पक्राउ गरी कारबाही गर्न मागसहित जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरीसमेत दिएका छन् । बिहीबार दिउँसो ३ बजेतिर टोल समितिको अध्यक्षको घरबाट उनीहरूले रकम लिएका हुन् ।

काम सकेर हिसाबकिताब गरी बाँड्न लागेको रकम धम्क्याएर लगेको उपभोक्ता समितिका सदस्य दीपा खड्काले बताउनुभयो । नेपाल प्रेस

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?