दार्चुलामा लडेर खोलामा खस्दा एक जनाको मृत्यु

दार्चुला । दार्चुलामा खोलामा खस्दा एक जनाको मृत्युु भएको छ ।

जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ६ हरडीगाड खोलामा खसेर सोही ठाउँ बस्ने ५५ वर्षीय  केशव राज गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गिरी शनिबार साँझ मालिकार्जुनकै बांकुबाट चिउरानी घरतर्फ फर्किेने क्रममा ६० मिटरमाथि बाटोबाट खोलामा खसेका थिए ।

उनको घटनास्थलमै मृत्यु भएको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?