बैतडी सहित ६ पहाडी जिल्लामा विद्युत सेवा अवरुद्ध

दार्चुला । बैतडी सहित सुदूरपश्चिमका ६ पहाडी जिल्लामा विद्युत सेवा अवरुद्व भएको छ । आज बिहानबाट सुदूरपश्चिमका ६ जिल्लाको विद्युत सेवा अवरुद्ध भएको हो ।

डोटीको रुवसकाँडामा १ सय ३२ केभि प्रशारण लाइनको तार टुटेपछि विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बैतडीका प्रमुख पवन भट्टले बताउनुभयो । अत्तरियादेखि स्याउले सव स्टेशन जोड्ने ट्रान्समिसन लाइनको रुवसकाँडास्थित टावरको एउटा तार टुटेको बताइएको छ ।

अत्तरियाबाट टोली रुवसकाँडा आइसकेकोले विद्युत सेवा सञ्चालन गर्न केही समय लाग्ने स्रोतले बताएको छ । विद्युत सेवा अवरुद्ध हुँदा उपभोक्ता समस्यामा परेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?