भारतले धौलीगंगा बाँध खोलेपछि महाकालीको जलस्तर बढ्यो, भारततर्फ कटानसंगै भौतिक क्षती

दार्चुला । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलिएपछि भारत तर्फ क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम सुचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहका अनुसार महाकाली नदीले कटान हुँदा एक घर बगाएको जानकारी दिनुभयो ।

आज बिहान ५ बजे खोलिएको बाँधका कारण महाकाली नदीको जलस्तर बढेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिनुभयो ।

बेलुका ८ बजेसम्म खोलिने बाँधका कारण जलस्तर बढेकाले सतर्कता अपनाउन आग्रह गरिएको उहाँको भनाई छ ।

महाकाली नदीमा निरन्तर रुपमा पानीको बहाव बढेको र भारततर्फ क्षती पुग्न थालेको छ । उहाँले भन्नुभयो,“नेपालतर्फ (दार्चुला)मा कुनै क्षती भएको छैन्, भारततर्फको खोटिलाभन्दा माथि कटान भइरहेको छ । केही घरहरुमा क्षती पनि पुगेको छ ।

त्यस्तै, नेपालतर्फको लास्कु खोला किनारमा पनि महाकाली नदीले कटान गरेको छ । तटबन्ध निर्माण नभएको क्षेत्रमा कटान गरिएको स्थानीयले बताएका छन् ।
एनएचपीसी लिमिटेड, धौलीगंगा पावरस्टेसन, धारचुला, पिथौरागढ भारतले दुई दिन पहिला नै आज बाँध खोलिने भनेर पूर्वसूचना तथा जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएको थियो ।

वर्षातका कारण परियोजनाको जलाशयमा पानीको प्रवाह दिनप्रतिदिन वृद्धि हुँदै गएको र सरसफाईका लागि बाँध खोलिएको जनाएको छ ।
दार्चुला देखि बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्न सक्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाइ राख्न स्थानीय प्रशासनले अनुरोध गरेको हो ।

धौलीगंगा जलविद्युत परियोजनाको बाँध वर्षातको बेला हरेक वर्ष खोलिने गर्दछ । परियोजनाको बाँध खोल्नुपूर्व सतर्कताका लागि जानकारी गराउने गरेको छ ।

वि सं २०७० असार २ र ३ गते एक्कासी धौलीगङ्गाको बाँध खोलेपछि दार्चुला सदरमुकाममा सयभन्दा बढी घर बगाउनुका साथै अर्बौँ रुपैयाँको क्षति भएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?