दाङमा आफ्नो मालिकलाई मार्ने सर्पलाई कुकुरले मार्‍यो, आफू पनि मर्‍यो

दाङमा आफ्नो मालिकलाई मार्ने सर्पलाई कुकुरले मार्‍यो, आफू पनि मर्‍यो

दार्चुला । दाङमा सर्पले डसेर एक महिलाको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका ११ कटाहा निवासी ४० वर्षीया ललिता डाँगीको मृत्यु भएको हो। उनको आइतबार राती उपचारको क्रममा मृत्यु भएको उनको परिवारले जनाएको छ। बेलुका भान्सा कोठामा खाना पकाउने क्रममा खुट्टामा सर्पले टोकेपछि उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको थियो।

त्यहाँबाट थप उपचारको लागि बाँकेको भेरी अस्पताल नेपालगञ्ज लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।

सर्पले डाँगीलाई टोकेपछि उनको घरमा रहेको कुकुरले फरक जनाउ दिएको थियो। उक्त सर्प पसेको प्वाल वरिपरि कुकुर घुमिरहेको थियो। कुन जातको सर्प हो? भनी पत्ता लगाउन खोज्दा प्वाल खनिएको थियो। कुकुरले गोमन सर्पलाई तानेर बाहिर ल्याई मारेको थियो। सर्पलाई मारेको केहीबेर पछि कुकुरको मृत्यु भएको मृतकको परिवारले जनाएको छ।थाहा खबरबाट

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?