प्रधानमन्त्री दाहालकी पत्नी सीताको स्वास्थ्य अवस्था गम्भीर

दार्चुला । प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको स्वास्थ्य अवस्था ज्यादै गम्भीर बनेको छ ।

स्वास्थ्य अवस्था ज्यादै गम्भीर बनेपछि गएराती थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएकोमा स्वास्थ्यमा सुधान आउन सकेको छैन ।

प्रधानमन्त्री दाहाल र माओवादी मन्त्रीहरु अहिले नर्भिक अस्पतालमा भेला भएका छन् । सीता दाहाल लामो समयदेखि अर्धचेत अवस्था रहनु भएको छ ।

पार्किन्सन जस्तो देखिने उहाँको विमारीलाई चिकित्सा विज्ञानमा प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.) भनिएको छ ।

उहाँको पछिल्लो स्वास्थ्य अवस्थाबारे नर्भिक अस्पताल र पारिवारिक स्रोतले केही जानकारी गराएको छैन ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?