प्रधानमन्त्री ३ दिन शोकमा बस्ने, काजक्रिया भने नगरिने

दार्चुला । पत्नी वियोगमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ३ दिनसम्म शोकमा बस्ने भएका छन् । आउँदो ३० गतेबाट उनी नियमित काममा फर्किने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरणले ३ दिनसम्म प्रधानमन्त्री निवासमै रहने जानकारी दिनुभयो ।

‘प्रधानमन्त्रीज्यू ३० गतेपछि पूर्ववत सक्रिय हुनुहुनेछ’, उहाले भन्नुभयो ।

प्रधानमन्त्री पत्नी सीता दाहालको हिजो नर्भिक अस्पतालमा निधन भएको थियो । उनको राजकीय सम्मानसहित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको थियो । हिन्दू संस्कारअनुसार नै दाहसंस्कार गरिएको हो । अन्य काजक्रिया भने नगरिने भएको छ ।

प्रधानमन्त्रीको परिवारमा कसैले पनि नून बारेका छैनन् ।

प्रधानमन्त्री प्रचण्डका भाइ नारायण दाहालले हिन्दू संस्कारमा हुने १३ दिनको काजक्रिया नगरिने बताउनुभयो ।

‘उहाँ भोलिसम्म ३ दिन शोकमा बस्नुहुन्छ, तर हिन्दू संस्कारको काजक्रिया गरिएको छैन’, उहाले भन्नुभयो ।

यसअघि प्रचण्ड पुत्र प्रकाश दाहालको निधन हुँदा पनि कागक्रिया गरिएको थिएन ।

भाइ दाहालले भने, ‘जस्तो प्रकाशको बेलामा गरिएको थियो, अहिले पनि त्यही नै हुने हो ।’

कम्युनिष्टले धर्म नमान्ने भएकाले प्रचण्ड परिवारले सीताको काजक्रिया नगर्ने भएको हो । बरु सातौं दिनमा एउटा शोकसभा राख्ने तयारी गरिएको दाहालले जानकारी दिनुभयो ।

‘निश्चित भइसकेको छैन, तर सातौं दिनमा शोकसभा राख्ने तयारी चाहिँ छ’, उहाले भन्नुभयो ।

बालुवाटारमा आज बिहानैदेखि बाक्लो संख्यामा आगन्तुकहरु श्रद्धान्जली तथा समवेदनाका लागि आइरहेका छन् । सीतालाई लिखित श्रद्धाञ्जली दिन शोकपुस्तिका राखिएको छ । भेट्न आउनेहरुका लागि बिहान आठ बजेदेखि १० बजेसम्म र बेलुका ४ बजेदेखि ६ बजेसम्म समय छुट्याइएको थियो । माओवादीका अधिकांस नेताहरु आज बालुवाटार उपस्थित भएका थिए ।

यस्तै कूटनीतिक नियोगका केही प्रतिनिधिहरु पनि आएर शोक पुस्तिकामा हस्ताक्षर गरेका छन् । आगन्तुकहरुका लागि छुट्याइएको समयमा प्रधानमन्त्री तथा छोरीहरु बाहिर बसेर भेटघाट गर्ने गरेका छन् । नेपाल प्रेस

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?