दार्चुला । कञ्चनपुरको बेलौरी नगरपालिका-९ डाडाकुण्डाकी २५ वर्षीया बिन्दु डगौंरा बाघको आक्रमणबाट घाइते भएकी छन् ।
बिहीबार साँझ लालझाडी गाउँपालिका-६ चान्देउस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको छेउमा डगौंरालाई बाघले आक्रमण गरेको बेलौरी-९ का वडाध्यक्ष किसन रानाले बताउनुभयो । घाइते भहिलाको धनगढीस्थित नवजीवन अस्पतालमा उपचार भइरहेको छ ।
डगौंरालगायत १०-१२ महिलाको समूह च्याउ टिप्न गएको थियो । सोही क्रममा बाघले डगौंरामाथि आक्रमण गरेको हो ।
‘सबैले हो-हल्ला गरेपछि बाघ भागेर डगौंराको ज्यान जोगियो’ । यसअघि बाघको आक्रमणबाट बेलौरी नगरपालिकामै एक महिलाको मृत्यु थियो । रासस
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया