दार्चुला । रौतहटको देवाही गोनाही नगरपालिकामा एक पुरुषको घरमै हत्या भएको छ ।
देवाही गोनाही ६ कर्कच कर्मैयाका ३५ वर्षीय जगरनाथ साहको आफ्नै घरमा हत्या भएको हो । आफ्नै कोठामा रहेको खाटमा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।
‘राति सुतेकै स्थानमा साहको हत्या भएको हो,’ रौतहटका प्रहरी उपरीक्षक वीरबहादुर बुढा मगरले भन्नुभयो, ‘उनको घाटीमा धारिलो हतियारले प्रहार भएको देखिएको छ ।’ मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको उहाले बताउनुभयो ।
घटनाका बारेमा अनुसन्धान गर्न मृतकको श्रीमतीसँग सोधपुछ भइरहेको उपरीक्षक बुढामगरले बताउनुभयो । प्रारम्भिक अनुसन्धानका क्रममा मृतककी श्रीमतीले राति चारजना मान्छेहरु घर भित्र प्रवेश गरी आफूलाई छेउको कोठामा थुनेर श्रीमानको हत्या गरेको बताएकी छिन ।
हत्याबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया