दार्चुला । नेकपा एमालेले सुदूरपश्चिम प्रदेशसभामा खर्च कटौतीको प्रस्ताव दर्ता गराएको छ । एमाले संसदीय दलकातर्फबाट प्रदेशसभा सदस्य धर्मराज पाठकले प्रदेशसभा नियमावली २०७४ को नियम १३४ को १(क) अनुसार प्रदेशसभा सचिवालयमा खर्च कटौतीको प्रस्ताव दर्ता गराएका हुन् ।
सरकारले भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत मन्त्रालयका भवनहरु विकास तथा व्यवस्थित गर्ने कार्यका लागि १९ करोड विनियोजन गरेकाले कटौती गर्न माग गरिएको छ । प्रदेशसभाले प्रदेशको राजधानी कैलालीको गोदावरीमा राख्ने निर्णय गरिसकेकोमा उक्त निर्णयको अवज्ञा गरेको पनि एमालेले प्रस्तावमा उल्लेख गरेको छ ।
एमालेले मन्त्रालयहरुको भवन निर्माणमा बजेट विनियोजन गर्दा अख्तियारको दुरुपयोग समेत गरिएको बताएको छ ।
प्रदेशसभा सदस्य पाठकले खर्च कटौतीको प्रस्ताव अहिलेको सरकारले ल्याएको बजेटप्रतिको नीतिगत असमझदारी भएको बताउनुभयो । बजेटमा विपक्षी दलले खर्च कटौतीको प्रस्ताव राख्ने संसदीय अभ्यास छ ।
प्रदेश सरकारले १ असारमा २९ अर्ब २६ करोड बराबरको बजेट ल्याएको थियो । तर बजेट असन्तुलित रहेको भन्दै सत्तारुढ गठबन्धनकै सांसदहरुले असहमती जनाउदै विरोध गरेपछि अहिलेसम्म पारित हुन सकेको छैन ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया