बैतडीमा हावाहुरीले मकैबालीमा क्षति

दार्चुला । बैतडीमा वर्षा र हावाहुरीले जिल्लाको विभिन्न ठाँउमा मकै बालिमा क्षति पुगेको छ। केही दिनदेखिको वर्षासँगै हावाहुरीले जिल्लाको दोगडाकेदार, सुर्नया, डिलाशैनी गाउँपालिकाका विभिन्न स्थानमा मकैबालीमा क्षति पुगेको हो।

हावाहुरीले मकै, भटमासलगायतका अन्नबालीमा क्षति पुगेको दोगडाकेदार गाउँपालिका ३ श्रीकोटका गणेश विष्टले जानकारी दिनुभयो।

मुख्य खाद्यबालीको रूपमा रहेको मकैबालीमा हावाहुरीले क्षति पुर्‍याएपछि किसान चिन्तित भएका छन्। घोगा लाग्ने तयारीमा रहेको मकै बोट हावाहुरीले ढलेपछि उत्पादनमा पनि कमी हुने भएपछि किसान चिन्तित भएका हुन्।

हावाहुरी र वर्षाको प्रभावका साथै वन्यजन्तुले समेत हरेक वर्ष मकैबालीमा व्यापक क्षति पुर्‍याउने गरेका छन्। बैतडी मकै ‘जोन’ क्षेत्र भएपनि विभिन्न कारणले मकैबालीमा क्षति हुँदै आएको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ ।

बाली बिमा नहुँदा किसानले क्षति भए पनि राहत पाउँदैनन्। बैतडीमा १४ हजार ५०० हेक्टर क्षेत्रफलमा मकै खेती हुँदै आएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?