दार्चुला । भोलिदेखि वायुसेवा कम्पनीहरूले आन्तरिक उडानको भाडादर बढाउने निर्णय गरेका छन् ।
आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत् अर्थमन्त्रीले हवाई यातायात सेवालाई मूल्य अभिवृद्धि करमा दर्ता अनिवार्य गरेकाले हवाई भाडा बढाउने निर्णय गरेका हुन् ।
नेपाल वायुसेवा सञ्चालक संघले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै हवाई भाडादरमा नै भ्याटको मूल्य समायोजन गरी उठाइने बताएको छ । हवाई सञ्चालकहरूले भ्याट नतिर्ने भन्दै यसअघि विरोध गर्दै आएका थिए । तर, अहिले उनीहरू भ्याटमा जान सहमत भएका छन् ।
भ्याटमा लाग्ने मूल्य यात्रुबाटै उठाउने गरी साउन १ बाट भाडादर बढाउने संघको भनाई छ । मूल्य अभिवृद्धि कर १३ प्रतिशत रहेको छ ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया