दार्चुला । नेकपा एमालेले एघारौं महाधिवेशनमा दश लाख गुणस्तरीय सदस्य पुर्याउने संकल्पमा पार्टी लागिरहेको जनाएको छ ।
संगठन विभागका प्रमुख काशीनाथ अधिकारीले प्रेस वक्तव्य जारी गर्दै अर्को महाधिवेशनमा १० लाख सदस्य बनाउने संकल्पमा एमाले रहेको उल्लेख गरेका छन् ।
वक्तव्यमार्फत अधिकारीले पार्टी सदस्यता घटेको नभएर बिगतको त्रुटि सच्याउने काम भएको पनि उल्लेख गरेका छन् ।
‘दशौं महाधिवेशनका बेला रहेको त्रुटिलाई पनि सच्याउन खोजिएको छ । त्यतिबेला कायम भएका सदस्यहरुमा एकातिर एकीकृत समाजवादीतर्फ गएका सबै सदस्यहरुको नाम यथावत् थियो भने अर्कोतिर नेकपा कालमा अनुचित ढंगले दिइएका सदस्यहरुको ठूलो संख्या पनि त्यसमा पर्न गयो’, विज्ञप्तिमा लेखिएको छ ।
दशौं महाधिवेशनमा एमालेले पार्टी सदस्य ८ लाख पुगेको जनाएको थियो । तर त्यो संख्या वास्तविक नरहेको एमालेले प्रष्ट्याएको छ । पार्टी सदस्यता नवीकरण कम हुनुमा यसपटक लिइएको नयाँ नीतिले पनि काम गरेको बक्तव्यमा लेखिएकोछ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया