पोखरीमा डुबेर दुई बालिकाको ज्यान गयो

दार्चुला । दैलेखमा दुई बालिकाको डुबेर ज्यान गउको छ । जिल्लाको चामुण्डा विन्द्रासैनी नगरपालिका–३ पानीखोलाका दुई बालिकाको बिहीबार साँझ पोखरीमा डुबेर मृत्यु भएको हो।

मृत्यु हुनेमा चामुण्डा–३ पानीखोलाका बमबहादुर खप्तडी मगरकी ५ वर्षीया छोरी सपना र सोही ठाउँकी लीला खप्तडीकी ८ वर्षीया छोरी विपना खप्तडी मगर रहेको दैलेख प्रहरीले जनाएको छ।

बिहीबार साँझ घर नजिकै पोखरीमा नुहाउन गएका उनीहरूको डुबेर मृत्यु भएको चामुण्डा विन्द्रासैनी नगरपालिका–३ का वडाध्यक्ष दीपबहादुर शाहीले बताउनुभयो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?